पाल्पा,२६ साउन । पाल्पामा स्कार्पियो माथि ढुङगा खस्दा चार जना घाइते भएका छन् । मंगलबार विहान १० बजे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नं।–३ हेडबस नजिकै पाल्पाबाट बुटवलतर्फ आइरहेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो तिनाउमा खसेको प्रहरीले जनाएको छ ।
घाइते हुँनेमा तिनाउ गाउँपालिका–३ का ५५ वर्षिय बावुराम पाण्डेय, सोही स्थानका २६ वर्षिय विनोद पाण्डेय, २१ वर्षका अमृत पाण्डेय र नवलपरासी जिल्ला गैडाकोट–५ का ३४ वर्षिय गंगबहादुर दराई रहेका छन । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सडक माथिबाट खसेको ढुङ्गासहित स्कापियो एक सय मिटर तल तिनाउ नदीमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभएको छ । घाइते चारै जनाको रुपन्देही बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।