प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएका हुन् भन्ने अभिब्यक्ति दिएपछि हामी चितवनको अयोध्यापुरी पुग्यौँ । रामायणमा वर्णन गरिए जस्तो ठ्याक्कै नाम नमिले पनि अयोध्या र अयोध्यापुरीको नाम लगभग मिल्छ । माडि नगरपालिका अन्तर्गत पर्ने अयोध्यापुरीमा पुग्दा केहि त्यस्ता प्रमाणहरु फेला परेका छन् जस्ले प्रधानमन्त्रीले भनेका कुराहरुलाई पुष्टि गर्छ । प्रधानमन्त्री जस्तो ब्यक्तिले विना अध्ययन कुनै पनि कुराको अभिब्यक्ति सार्वजनिक रुपमा दिन मिल्दैन् । तर राम नेपालमै जन्मिएका हुन् भन्ने बलियो प्रमाण भएकै कारण प्रधानमन्त्रीले यो कुरा बोलेका थिए । उनको कुरालाई पछ्याउँदै हामी त्यहाँ पुगेका थियौँ । त्यहाँ पुग्दा रामायणसँग जोडिएका थुप्रै तथ्यहरु हामीले फेला पारेका छौँ । हाम्रो भ्रमण चितवको अयोध्यापुरी हुँदै पर्साको ठोरीसम्मको थियो । ठोरी पनि २०३५ साल भन्दा अगाडि चितवन जिल्ला मानिन्थ्यो तर पछि मात्रै त्यो ठोरीलाई चितवनबाट अलग गरिएको हो । अयोध्यापुरी र ठोरी पुग्न जम्मा २० किलोमिटर मात्रै छ । यी दुबै जोडिएका ठाउँ हुन् । ठोरीमा पुग्दा पनि त्यहाँ थुप्रै प्रमाणहरु भेटिएका छन् । जुन तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ ।
तथ्य नंम्बर १ ः पुराना सिक्काहरु
रामको जन्मभूमिसँग जोडिएका केहि पुराना सिक्काहरु पनि त्यहाँ छन् । अयोध्यापुरीका स्थानियबासीहरुले त्यी पैसाहरु अझै जोगाएर राखेका छन् । सिक्कामा हनुमानले पहाड उचालेको, रामले धनुष हानेको जस्ता विभिन्न आकृतिहरु देखिन्छन् । स्थानियहरुले त्यी सिक्काहरु बाजे हजुरबुवाको पालामा भेटिएको र आफुहरुले सुरक्षित राखेको बताएका छन् । केहि सिक्काहरु त भारतबाट आउने केहि मधेशी मुलका ब्यक्तिहरुले लिएको बताउँछन् । अनौठो धातुबाट बनेका त्यी सिक्काहरु अझै पनि स्थानियहरुले राखेका छन् ।
तथ्य नंम्बर २ ः बैकुण्ठ ताल
रामायणमा भनिए जस्तै राम लक्ष्मण बनवास जाँदा नुहाउने ताल पनि त्यहाँ छ । जंगलको बिचमा रहेको तालको बनावट पनि अनौठो किसिमको छ । रामायणमा यो तालको वर्णन गरिएको छ, जस्मा राम र लक्ष्मणले वनवास बसेको बेला नुहाउनका लागि यो ताल प्रयोग गरेको भनिएको छ । ताल पनि निकै मनमोहक छ ।
तथ्य नंम्बर ३ ः राम सिता गुफा
अयोध्यापुरीकै घना जंगलमा राम सिता बसेको गुफा पनि छ । उक्त गुफामा राम सिता र लक्ष्मणको मूर्ती रहेको छ । बैकुण्ठ तालबाट झण्डै एक घण्टा हिडेपछि यो गुफामा पुग्न सकिन्छ । यो गुफा केहि वर्ष अघि गोठालो जाँदा स्थानियहरुले पत्ता लगाएका थिए । गुफाबाट सुरुङ पनि खनिएको छ ।
तथ्य नंम्बर ४ ः पुराना तथा ऐतिहासिक इट्टाहरु
अयोध्यापुरीकै बिच गाउँमा केहि ऐतिहासिक इट्टाहरु पनि भेटिएका छन् । जहाँ कुनै समय रामको दरबार हुन सक्ने अनुमान गरिएको छ । खेत जोत्दा सधैँ केहि इट्टाका टुक्राहरु भेटिने गरेका छन् । भेटिएका इट्टाको आकार पनि हिजोआजको इट्टाहरु भन्दा धेरै लम्बाई र चौडाई रहेको छ ।
तथ्य नंम्बर ५ ः चितवनका ठाउँका नामहरु
चितवनका रहेका विभिन्न गाउँ तथा ठाउँका नामहरुले गर्दा पनि रामको जन्मभूमी चितवनमै हो भन्ने कुराको पुष्टि गर्छ । जस्तै भरतपुर, रामनगर, गीतानगर, देवघाट, लक्ष्मणपुर, हनुमानगर आदि । विज्ञहरुले पनि यी यावत नामहरु हुनुले राम चितवनमै जन्मिएको हुन सक्ने अनुमान गरेका छन् ।
तथ्य नंम्बर ६ ः ठोरीको सिता गुफा
अयोध्यापुरीबाट नजिकै पर्ने पर्साको ठोरीमा सिता गुफा पनि छ । जतिबेला रावणसँग युद्ध भएर रामले सितालाई आफ्नो राज्यमा ल्याए त्यसपछि प्रजाहरुले सिताको पवित्रता माथि शंका गरे । त्यो शंका पछि रामले प्रजाको कुरा सुने र सितालाई स्विकार गरेनन् । अनि सिता फेरि भौतारिदै जंगल पसिन् । त्यो बेला सिता यहि गुफामा बसेको स्थानियहरु बताउँछन् । भित्ताको ढुंगालाई अनौठो तरिकाले खोपेर बनाइएको छ ।