राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नेकपा एमालेको वार्ता आ आफ्नै अडानमै सकियो

काठमाडौं २ चैत ।
नेकपा एमालेको दुई पक्षबिच बार्ता २८ फागुनको निर्णयमा अड्किएको छ । विभाजन उन्मुख भएको दुई समूह सोमबार पहिलो पटक औपचारिक वार्तामा बसेका थिए । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु सहभागी भएका थिए ।

वार्तामा नेपाल समूहले २८ फागुनमा अध्यक्ष ओलीले गरेको पदाधिकारी हटाउने लगायतका एकलौटी निर्णय रद्ध हुनुपर्ने बताईएको छ । सर्वोच्चको फैसलाले एमाले २ जेठ २०७५ मा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेताहरुले बताएका छन् । ‘अध्यक्षबाट त्यसअनुसार स्वीकार गरेको सुन्न पाएनौं’ उपाध्यक्ष भीम रावलले भनेका छन् ।

उनका अनुसार नेपाल समूहले दुबै पक्षले आफू खुसी गरेका सबै गतिविधि स्थगित गर्न समेत प्रस्ताव गरेको थियो । तर अध्यक्ष ओली २८ गतेको निर्णय स्थगित गर्न सहमत भएनन् । दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि फेरि छलफल गर्ने भन्दै नेताहरु छुट्टिएका थिए । तर कहिले छलफल गर्ने भन्ने टुंगिएको छैन ।