राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

बागमती नदीमा हाम फालेकी एक महिलाको प्रहरीद्धारा जीवितै उद्धार

काठमाण्डौं,१९ साउन । सर्लाहीको बागमती नदीमा हाम फालेकी एक महिलालाई जीवितै उद्धार गरेको प्रहरीले जनाएको छ । रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने धनपतियादेवीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभएको छ । बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको उद्धार पछि परिवारको जिम्मा लगाइएको डीएसपी बुढाथोकीले बताउनुभएको छ ।