काठमाडौं ८ चैत ।
यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि क्षमता भन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ । मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ ।
मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्ड बमोजिम भार ओसारपसार गर्नुपर्ने भए पनि पछिल्लो समय त्यसको विपरीत हुने गरेको विभागमा गुनासो आएको प्रवक्ता डा।लोकनाथ भुसालले जानकारी दिए ।