राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

हे फुर्सदिला तिमीहरू हो मैले प्रचण्ड मरेपनी क्यै हुन्दैन भनेको छैन : रवि लामिछाने

चर्चित सञ्चारकर्मी रवि लामिछानेले ‘प्रचण्ड मरे पनि केही हुदैन’ भन्ने आफूले भन्दै नभनेको कुरालाई लिएर सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी गर्नेहरुलाई वास्तविकता बुझ्न अनुरोध गर्दै एक विज्ञप्ति फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

हामीले बारम्बार भन्दै आएका छौ कि जनता जनता जस्ता नभएर कार्यकता जस्ता भए भने मुलुकले परिर्वतनको महशुस गर्न सक्दैन । अधिकांश जान्ने सुन्नेहरु आफ्नो आस्था, आफ्नो ज्ञान आफ्नो विश्वास भन्दा बाहिर दुनिया नै छैन छन्दछन् । व्यक्ति होइन, प्रवृत्ति गलत भए विरोध गरिन्छ नै गरिन्छ । विवेकले काम गरेन भने वेग्लै कुरा हो तर पार्टी हेरेर, नेता हेरेर, विरोध र समर्थन गर्न हामी सक्दैनौ।

बिषय वस्तु अनुसार अधिकांश आलोचना सरकारकै हुन्छ कारण खबरदारी खासमा सरकारलाई नै गर्नू पर्ने हुन्छ र सञ्चार माध्यम भनेको प्रतिपक्ष जस्तो पनि हो । हामी बेलाबेलामा विभिन्न नेता, मन्त्री, प्रधानमन्त्रीहरुका काम, कारवाही र अभिव्यक्तिमा टिप्पणी गर्दछौं । देशका सबै दल र पछिल्ला तिनै प्रधानमन्त्रीका बिषयमा आवश्यकता अनुसार नरम गरम खरो दरो तरिकाले सीधाकुरा राखेका छौँ ।

तर समस्या चाँही के भने, आफ्नो नेतालाई केही भन्यो भने रिसले ३ बित्ता उफ्रिने । अर्काको नेतालाई केही भने खुसीले फेरी ३ बित्ता उफ्रिने । अन्धभक्तहरुले नेपालका राजनीतिक दललाई कहिले पनि सफा हुन दिने छैनन् ।

फ्रन्ट शोमा बसेर ताली बजाउनु भन्दा माथि उठ्न नसक्ने कार्यकता भनेका लोभी हुन्, महालोभी । आफ्ना नेतालाई प्रश्न सोध्न नसक्ने, सुधार्न नसक्नेले भोलि देश सुधार्न सक्छ ? कुनै हालतमा सक्दैन । अनि त्यस्ता कार्यकताहरु मैले उनका नेताका कमी–कमजोरी बारे सीधाकुरा गर्दा बौलाउँछन् र सोध्छन् यो परिर्वतनमा तेरो के योगदान छ ?

प्रिय सरहरु ७ सालमा तपाईको के योगदान थियो, १७ सालमा, ३६ सालमा ४६-४७ सालमा ? हरेक मानिसले आफ्नै युगमा, आफ्नै क्षेत्रबाट योगदान दिने हो । आज म त्यसै बन्दुक बोक्दै हिड्नु, प्लेन हाइज्याक गर्नु, देशका लागि योगदान दिने दिन क्यालेण्डरमा लेखेर पहिले नै राखिन्छ र ? आँफू जन्मेको युगको आवश्यकताको आधारमा, आ–आफ्नो क्षेत्रबाट सकेको योगदान दिने हो र योगदान नै नदिएका नागरीकको पनि हक हुन्छ अधिकार हुन्छ ।

यो कार्यक्रमले ३ वटा प्रधानमन्त्री झेल्यो, प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका श्रृङखलाहरु हाम्रो आर्काइभमा सुरक्षित छन् । त्यसबेलाका घटनाक्रमहरुलाई लिएर भएका टिप्पणीहरु अत्यन्तै तीखा छन् । त्यसबेलाका प्रतिपक्ष तत्कालीन एमालेले स्वाद लिएर, जिब्रो पड्काई पड्काई वाहा वाही गरेको थियो । अहिल सानो केही बोल्यो भने कार्यकर्ता ३ हात उफ्रिन्छन् । अरुलाई भन्दा वाह वाह, आफैलाई पर्दा छ्या छ्या ।

त्यस्तो हुनै सक्दैन सर म्यामहरु ! हामी भाडाका टट्टु होइनौ, हुँदैनौँ । नाकाबन्दीको विरोधमा चुइक्क नबोलेको कांग्रेस र २४ घण्टा रिसाइ मात्र रहेन देउवाका बिषयमा बोल्दा शेरबहादुर देउवालाई केही आपत्ती थिएन । तर वरपरका चाकडीबाजहरु देउवाका पनि माइबाप बनेर प्रतिकार गर्थे ।

एनसेल टावरको आक्रमणमा एक निर्दोषको ज्यान गयो विप्लब समर्थकहरुले खुल्ला पत्र लेखे । अझै पनि भन्छु् एनसेलेको कर उठाउन टावर उडाएर हुँदैन । कर तिराउन खोजेको विरोध गरेको होर अधिकांश नेतालाई चुनाव लड्न खर्च दिएको एनसेलले टावर पड्काउँदैमा कर तिर्छ ?

स्यमं विप्लवलाई यो कुरा राम्रोसँग थाहा छ र उनको विरोध आएन तर विप्लवको चाकरी बजाउन कार्यकतालाई चाँही हतार भयो । केपी ओलीको सपनाको विराधे गरेकै छैन । चुच्चे रेल भन्दा जरुरी सार्वजनिक यातायात हो । पानी जहाज आउला, चढौला, सुुरुङ मार्ग त के मंगल ग्रह मार्ग पनि हिडौला तर शिक्षा, स्वास्थ्य, रोजगारी पहिला खै ?

धुलो, धुवाँ, खाल्डो, विना घुस काम हुने वातावरण तयार पार्नुस् न भन्दा कार्यकता ३ भित्ता उफ्रिन्छन् । यतै विकास, उतै विकास, ल हेर बाटो बनेको, ल हेर पुल बनेको, जनता क्या खुसी, विश्व चकित र तीन छक भनेर त ज्यान गए पनि भनिदैन नि ।

चार महीना प्रत्यक्ष कार्यक्रम चलाएको केपी ओलीलाई म चिन्दिन र ? उहाँलाई केही समस्या नै छ्रैन, विचकालाई चाकडी बजाउनै हतार । जुत्ता टल्क्यो, भो नचाट्नुस जिब्रो खुइलेला । गत कार्यक्रममा प्रचण्डको बिषयमा सीधाकुरा गरियो उहाँका चाकडी बाझ त झनै अनौठा भनेको कुरा एउटा छ, बुझेको अर्कै, विप्लवले आँफूलाई मार्छु भनेपछि मात्रै तर्सनु भो, जनता मर्दा चाँही के नि ?

यति सोध्ने हिम्मत भएका कार्यकता उहाँको पार्टीमा नभएपछि हामीले सोध्नु परेन ? गरीब जनता औषधि अभावमा मरिरहेका छन् । उहाँको, उहाँकी श्रीमतीको उपचार अमेरिकामा हुँदै छ यति सोध्न पनि नदिने कम्युनिष्ट हुन्छ ? मधेशी दलित जनता जतिको प्रतिनिधित्व भएको छ भन्नुहुन्छ, छोरी मेयर, बुहारी मन्त्री आँफू भैसकेको र सायद अब हुनेवाला प्रधानमन्त्री यति सोध्ने मुटु नभएका पनि सुभचिन्तक हुन्छन् ?