राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कोरानाले तोड्यो रेकर्ड, अहिलेसम्मकै धेरै संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौं उपत्यकाका २६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् । यस्तै मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८र४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६र३६ जना, काभ्रे र कैलालीका ३५र३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८र१८ जनामा संक्रमण देखिएको छ ।

रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२र१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११र११ जना, बारा, दैलेख र बझाङका १०र१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८र८ जना,म्याग्दी स्याङ्जाका ७र७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६र६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५र५ जना, इलाम, डडेलधुरा र डोटीका ४र४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३र३ जना, लमजुङ र रुकुम पूर्व २र२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।