राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कोरोनाका कारण एकैदिन २२ जनाको मृत्यु, २ हजार बढि नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् ।


यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् ।