राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पर्यटनमन्त्रि कोरोना लागेर हस्पिटलमा, उता विदेशी पर्यटक नेपाल आउन पाउने र क्वारेन्टाइन पनि बस्नुनपर्ने निर्णय गराए

नेपाल सरकारले आगामी अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई प्रवेश गर्न दिने भएको हो । प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका मन्त्रीहरुको बैठकपछि पर्यटन मन्त्रालयले यस्तो घोषणा गरेको हो ।


सरकारी अधिकारीहरुका अनुसार विदेशी पर्यटकले नेपाल भ्रमण गर्नुअघि पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । सरकारले पर्यटकको कोभिड बिमा पनि मिनाहा गर्ने भएको छ । तर यस सम्बन्धी बिरामी भएको खण्डमा उनीहरुले उपचार खर्च आफैँ व्यहोर्नु पर्ने बताइएको छ । साथै पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पनि भिसा दिइनेछ ।