राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पर्यटनमन्त्रि योगेश भट्टराईलाई पनि लाग्यो कोरोना

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् । गत सोमबार कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा उनी काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी भएका थिए ।

शुक्रबार उपत्यकाबाहिरको कार्यक्रमबाट निवासमा फर्केपछि आफूमा हल्का ज्वरोको महशुस भएको भट्टराईले जानकारी दिएक छन् । त्यसपछि उनले आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको आएको हो । भट्टराईले हालसम्म पनि हल्का ज्वरो बाहेक अरु कुनै समस्या नदेखिएको बताएका छन् । स‌ंघीय सरकारका मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।