पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६७२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित देखिएको जानकारी दिइएको हो ।
२४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण भएका छन् ।२४ घण्टाको अध्यावधिक विवरणमा शुक्रबार उपत्यका १४ सय ९ जनामा संक्रमण पुष्टि भएको थियो । देशभर शनिबार ५ हजार ८ जना संक्रमित थपिएका छन् ।