राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सल्यानमा बस दुर्घटना हुदा १५ जना घाइते

दाङ,१८ भदौ । सल्यानमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन । शुक्रबार दिउँसो कपुरकोट ३ मुलपानी नजिकै जमपानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङ देखी रुकुम पश्चिम तर्फ जादै गरेको रा १ ख १७९२ नम्वरको यात्रुबाहक बसमा २८ जना सवार भएता पनि १५ जना घाईते भएको प्रहरीले बताएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैइरहेको प्रहरीले जनाएको छ । उक्त बस सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक भने फरार भएको र खोजि कार्य भैरहेको प्रहरीले बताएको छ ।

घाइतेहुनेहरुको बिवरण
१ जिल्ला सल्यान कपुरकोट गा।पा।५ बस्ने वर्ष २३ की रेखा साहु

२ ऐ।ऐ।बस्ने वर्ष ३१ की सिता बुढाथोकी

३ ऐ। दार्मा गा।पा।६ बस्ने वर्ष २० को प्रबेश बस्नेत

४ ऐ।शारदा न।पा।१५ बस्ने वर्ष ४९ को तारा प्रसाद नाथ

५ऐ। शारदा न।पा।१ बस्ने वर्ष ४० को कृष्णा गौतम

६ ऐ।कुमाख गा।पा।बस्ने वर्ष ७३ को हिरे राना

७ ऐ।कपुरकोट गा।पा।५ रिम बस्ने वर्ष ४५ को धन कुमारी रोका

८ ऐ।ऐ।बस्ने वर्ष २१ की याम कुमारी बोहरा

९ ऐ। कपुरकोट गा।पा।५ बस्ने वर्ष तिला महतरा

१० ऐ। बागचौर न।पा।२ बस्ने वर्ष ४५ को लाल बहादुर डाँगी

११ जिल्ला दाङ दङगिसरण गा।पा।५ बस्ने २५ की निर्मला शर्मा

१२ ऐ।तुल्सिपुर उ।म।न।पा।३ बस्ने वर्ष २८ को बिनोद बुढाथोकी

१३ जिल्ला प।रुकुम मसिकोट न।पा।४ बस्ने वर्ष ७५ को मोहन सिंह पुन

१४ जिल्ला प।रुकुम त्रिबेणी गा।पा।२ बस्ने वर्ष २१ जोक बहादुर खड्का

१५ऐ।बस्ने वर्ष २२ को किरण ओली