राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अरिङगालको टोकाईबाट एक जनाको मृत्यु

दाङ,६ भदौ । दाङमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.३ सिद्धेधारा बस्ने ४८ वर्षका कर्ण बहादुर मल्ल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । शनिबार बारीमा घाँस काट्ने क्रममा अरिङगालको टोकाईबाट गम्भिर घाइते हुनुभएका मल्लको उपचारका लागि नेपाल गञ्ज लैजादै गर्दा आज बाटोमै मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।