रोल्पा,६ भदौ । रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका २ धनमोरा बस्ने ५५ वर्षीय खड्क बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज शुवेदीले जानकारी दिनुभएको छ । आइतवार दिउँसो सुनिलस्मृति १ सेरास्थित रा ६ प ८८६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ । लिवाङबाट प्युठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव उपरीक्षक शुवेदीले जानकारी दिनुभयो । मृतक बुढाको शवलाई पोष्टमार्टम गर्नलाई जिल्ला अस्पताल रोल्पा लैजाने तयारी भएको प्रहरीले बताएको छ ।