राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आज जनै पूर्णिमापर्व देशभर मनाइँदै

काठमाण्डौ,६ भदौ । आज रक्षावन्धनतथा जनै पूर्णिमापर्व देशभरमनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमागएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ । मानव रक्षाकालागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धनअर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको नेपालपञ्चाङ्ग निर्णायक समितिकापूर्वअध्यक्षएवं धर्मशास्त्रविद् प्रा डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आजपशुपतिनाथ मूलमन्दिरलगायत देशभरका महत्वपूर्ण मन्दिर भक्तजनका लागि बन्दग रिएको छ । तर मन्दिरमाबाहिरबाट दर्शन गर्ने भक्तजनहरूको भने भीडभाड देखिएको छ । नेपालको तराई क्षेत्रमाभने आजको दिनलाई दिदीबहिनीले दाजुभाइलाई राखीबाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाईकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिकमान्यता छ । आजकै दिन क्वाँटी खाने प्रचलनपनि रहेको छ । जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफाहुने र वर्षायामभर खेतीपातीको कामगर्दा शरीरमालागेको चिसो निकालीतापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीयमान्यता रहेको छ ।