राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

बेपत्ता धामीका लागि सुदुरपश्चिममा हस्ताक्षर संकलन

काठमाण्डौ,६ भदौ । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ । डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताउनुभयो । ‘बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर गरी प्रधानमन्त्रीलाई बुझाइने बताइएको छ ।

ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि फेला पार्न भने सकिएको छैन । साथै घटनाको छानबिन गर्नका लागि गठित सरकारी टोलीले स्थलगत अध्ययन गरेर पनि प्रतिवेदन सार्वजनिक गर्न सकिरहेको छैन ।