राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मिर्गौला पीडितको नाममा चन्दा संकलन गर्ने तिन जना पक्राउ

कास्की,५भदौ । विभिन्न ठाउँबाट मिर्गौला पीडितको नाममा चन्दा असुल्ने तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धरान सुनसरी नामक संस्थाकी अध्यक्ष झापा बिर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा बिर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभएको छ ।

प्रहरी नायब उपरीक्षक हमालका अनुसार गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरमा रहेको न्यू हाइ वे स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र चार लाख छ हजार ४०६ नगदसहित पक्राउ गरिएको थियो । उनीहरुले १२ जना बिरामीको नाममा समूह बनाएर १० अटो टेम्पो भाडामा लिइ कास्की, तनहुँ, स्याङ्जा, दैलेख, सुनसरी, चितवन, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट चन्दा सङ्कलन गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।