राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

रुकुम पश्चिममा बेपत्ता दाजुभाइको शव भेटियो

रुकुम–रुकुम पश्चिममा पौडि खेल्ने क्रममा बेपत्ता भएका २ जना दाजुभाईको शव निकालिएको छ । शुक्रवार दिउँसो पौडि खेल्न गएका मुसीकोट नगरपालिका १ सल्लेका २१ वर्षिय भिमबहादुर थापा र १७ वर्षिय प्रेम थापाको शव निकालिएको जिल्ला प्रहरी कार्यायका प्रहरी नायव निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

दिउँशो साढे १ बजेतिर पौडि खेल्ने क्रममा दहमा डुबेका दाजुभाईको अपरान्ह ४ः२० बजेतिर शव फेला परेको प्रहरी नायव निरीक्षक शर्माले बताउनुभयो । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।