राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मुत्यु

बाँके–बाँकेको पुर्व–पश्चिम राजमार्ग गाभर स्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दिया बाँसगढी निवासी चेतन बोहरा र प्रदिप चौधरीको उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुर्घटना भएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।