राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

शव पुर्याएर फर्किदै गर्दा एम्बुलेन्स चालकको दुर्घटनामा मृत्यु

रोल्पा–रोल्पाको खोलाबाङ भिरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्मृति हस्पिटल प्रालिको रा १ ज ७०५ नम्बरको एम्बुलेन्स चालक ३७ बर्षका ओम प्रकाश घर्ती रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले जानकारी दिनुभयो ।

मृतक घर्ती माडी गाउँपालिका–६ जलपा निबासी भएको प्रहरीले बताएको छ । एम्बुलेन्स माडी गाउँपालिका–२ खोलाबाङको भिरबाट करिब पाँच सय मिटर तल खसेको डिएसपी सुवेदीले बताउनुभयो । एम्बुलेन्समा रहेका पृथिप्रसाद पुन भने हामफालेर बाँच्न सफल हुनुभएको छ । भैरहवाबाट लाप्चुन शव पुर्याएर घर्तीगाउँ जाने क्रममा एम्बुलेन्स शनिवार बिहान साढे ३ बजे दुर्घटनामा परेको थियो ।