काठमाण्डौं,२८ साउन । काठमाण्डौंको हुहेश्रीमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भई हाल चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
श्रीमती संग बिवाद भएपछि २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि श्रेष्ठले आफैं प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । साथै रञ्जना ६ महिनाकी गभर्वती भएको पनि प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले जानकारी दिनुभयो ।