राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन चार दलीय गठबन्धनको हस्ताक्षर सहित नियुक्त

दाङ,२८ साउन । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुभाmउनुभएको हो । गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिनुभएको छ । उहाँले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गर्नृुभएको छ । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री हुनुभएको थियो ।

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्दै हुनुहुन्छ । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ । अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।