राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दाङमा घर भत्किदा बृद्ध घाइते

दाङ,२७ साउन । दाङमा घर भत्किदा एक बृद्ध घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा घोराही उपमहानगरपालिका वडा नं.१८ फुर्सेखाली बस्ने ६४ वर्षीया श्रीमती बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

बुधबार घर भत्किएर मान्छे पुरिएको खबर पाएपछि त्यस तर्फ प्रहरीको टोली पुगेर बुद्धाको उद्धार गरिएको जनाइएको छ । बुद्धा मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिनुभएको छ ।