राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नक्कली नेपाली नोटसहित तीन जना पक्राउ

काठमाण्डौं,२५ साउन । रौतहटमा नक्कली नोटसहित तीन जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चमरीयाले जानकारी दिनुभएको छ ।

प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले १ हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नेपाली नोट फेला पारेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक चमरीयाले जानकारी दिनुभएको छ ।