रुकुम,२५ साउन । पुर्वी रुकुममा एक दम्पती नदिमा हाम फाल्दा बेपत्ता भएको प्रहरीले जनाएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङसीका ३६ वर्षीय मनिचन विक र उहाँकी श्रीमती ३० वर्षीया अमृता विक त्रिवेणीको पुलबाट हामफालेर नदिमा व्यपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
आइतबार साँझ दुई दम्पती विच आपसी झगडा हुँदा श्रीमती नदिमा हाम फालेको र श्रीमानले बचाउन नदिमै पसेका कारण घटना घटेको प्रहरीले बताएको छ । बिहानै देखी बेपत्ता दम्पतीको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताउनुभएको छ । व्यपत्ता भएका दम्पतीका एक छोरी र एक छोरा रहेका छन ।