तुलसीपुर,२५ साउन । पछिल्लो समय दाङमा दिनप्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएकोे छ । जिल्ला आपतकालिन संञ्चालन केन्द्रक घोराहीका अनुसार वितेको २४ घण्टामा थप १८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस अघि हिजो आईतवार १६ जनामा संक्रमण पुष्टि भएको थियो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न प्रयोगशालामा ५५ जनाको पिसिआर परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा घोराहीका ९ जना, तुलसीपुरका ५ जना, लमहीका २ जना, गढवा र बबईका एक÷एक जना गरी १८ जना रहेको केन्द्रले जनाएको छ । यो सहित दाङमा जम्मा संक्रमित हुनेको संख्या ८ हजार ५ सय ८१ पुगेको छ ।