धनगढी,२० साउन । कैलालीमा एक सशस्त्र प्रहरी जवानलाई मृत फेला पारेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाहीलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभएको छ ।
शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताउनुभएको छ ।