राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङसंगै दोस्रो मुस्ताङ

मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो । मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २१३ नागरिकलाई पनि खोप दिइएको भण्डारीले बतानुभयो । योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५१३ रहेको छ ।

भण्डारीका अनुसार जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७२१, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३२० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४७२ जना छन् । भण्डारीका अनुसार मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए । जसमध्ये १५ जनाको मृत्यु भएको थियो । अहिले २३ जना सक्रिय संक्रमित छन् । मुस्ताङमा गत १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।