राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

तुलसीपुरमा आज थप १० जनामा कोरोना संक्रमण

तुलसीपुर ३ बैशाख ।
तुलसीपुरमा आज थप १० जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरेको प्ररिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले बताउनुभएको छ । संक्रमित हुनेहरुमा वडा नं. ६ का तिन जना महिला र दुई जना पुरुष,वडा नं.५ का एक जना महिला,वडा नं. ९का १ महिला र १ पुरुष,वडा नं.१७ का १ जना पुरुष र वडा नं. १२ का १ जना पुरुष रहेका छन् ।

त्यसैगरी विहिबार तुलसीपुर उपमहानगरपालिका लेखा शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना पुष्टि भएको बताइएको छ । उक्त कर्मचारीमा कोरोना पुष्टि भएपछि लेखा शाखाबाट हुँने सम्पुर्ण कामकाज ३ दिनका लागि बन्द हुने भएको छ । हिजो गरेको प्ररिक्षणका क्रममा कर्मचारी सहित ६ जनालाई कोरोना पुष्टि भएको थियो ।