राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

काठमाण्डौं २ बैशाख । लमजुङमा घाँस काट्न गएका दुई किशोरीको पौडी खेल्ने क्रममा मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोला भन्ने स्थानमा बुधबार साँझ पौडी खेल्ने क्रममा दुई जना किशोरीको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुँनेमा १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिनुभएको छ ।

त्यसैरी मृतक दुई किशोरीसँगै अन्य दुई जना साथी पनि घाँस काट्नसँगै गएका थिए । सोमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेको अर्का एक साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षामा अध्यनरत विद्यार्थी रहेका छन् । आज परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।