काठमाण्डौं २० चैत । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज शुक्रवार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजेका लागि बैठक बोलाईएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहने छ ।
बैठकमा अहिलेको राजनीतिक परिस्थिति र सरकारको विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पको विषयमा पनि छलफल गरीने तयारी भएको छ ।