राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

माओवादी केन्द्रले समर्थन फिर्ताबारे केहि दिन निर्णय नगर्ने

१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभएको छ ।

आज बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको नेताहरुले बताएका छन् । अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निर्क्यौल गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताए ।