काठमाडौं १९ चैत । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा आज बिहिवार स्थायी कमिटिको बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने अनुमान गरिएको छ ।
सर्वोच्च अदालतले नेकपाको एकता बदर गर्दिएपछि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छलफल हुन लागेको हो । यो विषयमा आजको बैठकले निर्णय गर्ने जानकारी दिइएको छ । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र परानै अवस्थामा पूर्ववतः अवस्थामा फर्किका छन् ।