काठमाडौं १९ चैत । नेपाल भलिबल संघले आयोजना गरेको पाचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आज बिहिवार सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने प्रतियोगिता चैत २६ गतेसम्म सञ्चालन हुने भएको छ।
आजको उद्घाटन खेलमा महिलातर्फ न्युडायमन्ड र ढोरपाटन क्लब भिड्नेछन्। त्यसैगरी पुरुषतर्फका खेलमा नयाँ बजार र पुलिस क्लब, एपीएफ र बुलबुले रारा तथा आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द क्लबको सामना गर्नेछ। लिगमा विजेताले तीन लाख पुरस्कार पाउनेछ भने उपविजेताले डेढ लाख पुरस्कार पाउनेछ। त्यस्तै, तेस्रो र चौथो स्थानमा रहेकोले क्रमशः ७६ र ३७ हजार पुरस्कार पाउने आयोजकले बताएको छ ।