काठमाण्डौं १९ चैत । महात्तरी भङ्गाहबाट हराएका ७ जना किशोरीलाई गएराति सकुसल नेपाल ल्याइएको छ । भङ्गाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दिनुभएको जानकारी अनुसार हिजो भारतको सितामढीमा फेला परेका किशोरीलाई नेपाल ल्याइएको हो । भारतको सीतामढी प्रहरीले उद्धार गरेपछि उनीहरुले आफूहरु गायिका बन्न हिँडेको बयानका आधारमा खुलेको छ ।
त्यसैगरी आज बिहिवार थप सोधपुछ तथा अनुसन्धान गरेपछि परिवारको जिम्मा लगाइने छ । गत मंगलवार घरबाट घाँस काट्न गएका भङ्गाहा नगरपालिका(८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।