तुलसीपुर १८ चैत । पश्चिम दाङका किसानहरुलाई निःशुल्क रुपमा कुखुराका लागी औषधी तथा बिउ विजन वितरण गरिएको छ । गोकर्ण सिड सेन्टर तुलसीपुरको आयोजना तथा बबई गाउपालिका ७ को आर्थिक सहयोगमा वडा भित्रका कुखुरा फर्म तथा तरकारी खेतीमा आबद्ध कृषक समुहहरुलाई बिउ विजन वितरण गरिएको हो ।
सो वडा भित्र रहेका २१ दर्ता कृषी फर्म र २१ कृषी समुहरुलाई विभिन्न प्रकारका औषधी तथा फरक फरक प्रजातिका बिउ विजन वडाले निःशुल्क रुपमा वितरण गरेको स्थानिय टोप बहादुर चौधरीले जानकारी दिनुभएको छ । व्यवसायीक कुखुरा पालन तथा तरकारी खेतीमा आकर्षित गराई केहि रुपले आत्मनिर्भर बनाउने उदेश्यले वडा भित्रका कृषकलाई निःशुल्क औषधी तथा बिउ विजन वितरण गरिएको बताईएको छ ।
त्यसैगरी उक्त कार्यक्रममा बबई गाउपालिका वडा अध्यक्ष महाबिर चौधरी,गोकर्ण सिड सेन्टर तुलसीपुरका मीठु चौधरी,सदस्य रुपा राणा,लाल बहादुर विक,देबि विक लगाएतको उपस्थिति रहेको थियो ।