राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नेपालमा कोभिशिल्ड’ भ्याक्सिनको म्याद गुज्रिने जोखिम

काठमाडौं १८ चैत । नेपालमा खोप अभियान संकटमा परे संगै भ्याक्सिनको म्याद गुज्रिने जोखिम पनि बढेको छ । नेपालसँग अहिले स्टकमा भएको ‘कोभिशिल्ड’ भ्याक्सिन तत्कालै उपयोग नगरिए उपयोग गर्न नमिल्ने बिज्ञहरुले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालमा अहिलेसम्म २३ लाख ४८ हजार डोज ‘कोभिशिल्ड’ खोप आएको छ । नेपालमा आएको यो डोजमध्ये १८ हजार डोज खोप लगाइसकिएको छ। बाँकी पाँच लाख ४८ हजार डोज बाँकी छ । यो खोप अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको हो र यसको उत्पादन भारतको सिरम इन्स्टिच्युटले गरिरहेको छ ।

यसबाहेक सोमबार चीनले दिएको खोप ८ लाख डोज आइपुगेको छ । चीनले बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको भोरोसेल खोप दिएको हो । पहिले कोभिशिल्ड लगाइसकेकालाई दोस्रो मात्रा पनि कोभिशिल्ड नै दिनुपर्ने भएकोले ‘भोरोसेल’ कसलाई दिने भन्ने अन्योल रहेको छ । अहिले म्याद गुज्रिने जोखिममा परेको भ्याक्सिन कोभिशिल्ड हो । उत्पादन मितिले ६ महिनाभित्र प्रयोग नगरिए यो भ्याक्सिन काम लाग्दैन । कोभिशिल्ड उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इण्डियाका निर्देशक डा। सुरेश जाधवले कोभिशिल्डको प्रयोग अवधि ६ महिना मात्र भएको बताउनुभएको थियो ।