जनकपुरधाम १८ चैत,। महोत्तरी बाट हराएका ७ जना किशोरी भारत सितामढीमा फेला परेका छन् । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबार देखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको जानकरी आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले जानकारी दिनुभएको छ ।
सो सूचना पाएपछि प्रहरीको एक टोली ती किशोरी तथा बालिकाहरुको फोटोसहित सितामढी प्रस्थान गरेको हो । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले ‘नेपाली किशोरीहरु सितामढीमा भेटिएको सूचना पाएपछि प्रहरीको टोलीलाई उनीहरुको फोटोसहित पठाइएको छ ।
ती किशोरीहरु भँगाहा नगरपालिकाबाट हराएकैहरु हुन् कि होइनन् भन्ने कुरा भने पुष्टी हुँन नसकेको बताइएको छ । घाँस काट्न सँगै गएका भंँगहा नगरपालिका ७ धर्मपुरकी ७ की १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीय रन्जना पासवान र सोही उमेरकी सीमा पासवान बेपत्ता भएका थिए ।