काठमाडौं १७ चैत । आगामी अझै ३ दिन सम्म तुवाँलो लागिरहने भएकोे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको प्रदूषणका कण छरिन नपाइ वायुमण्डलको तल्लो तहमै तैरिन गएको कारण मौसम खुल्ने अवस्था नरहेको जनाइएको छ।
देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्ड मै सञ्चित हुन गइ असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ। त्यसैगरी अत्याधिक तुवाँलोको कारण जनजीवन प्रभावित भएको छ । आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभएको छ ।