राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सर्वोच्चले गरेको फैसला पुनरावलोकन अवश्य हुन्छःअध्यक्ष प्रचण्ड

काठमाण्डौ १७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै पुनरावलोकन हुने विश्वास ब्यक्त गर्नुभएको छ । फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर गरेको भए पनि पार्टी नै खारेज गर्ने फैसला भएकाले आफूहरुले फैसलालाई स्वाभाविक मान्न नसकिएको बताउनु भएको छ ।

उहाँले राजनीतिक स्थायित्वका लागि एकताबद्ध भएका दलहरुलाई विभाजित गर्ने फैसला सच्चिने कुरामा आफू ढुक्क भएको उहाँले बताउनुभएको छ । गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो ।