तुलसीपुर १७ चैत । दाङका यातायात मजदुर संगठनले गरेको अनिश्चितकालिन बन्द फिर्ता भएको छ । यातायात मजदुर संगठनले दिएको पाँच बुँदे लिखित प्रतिवेदनमा यातायात व्यवसायीले सहमति गरेपछि बन्द फिर्ता भएको संगठनका अध्यक्ष केशव बहादुर भण्डारीले जानकारी दिनुभएको छ । यातायात मजदुर संगठन,यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी मंगलवार दिउँसो एक बजेदेखि बन्द फिर्ता लिने बताईएको छ ।
यातायात मजदुर, यातायात व्यवसायी बिच भएको पाँच बुंदे लिखित सहमति
-यातायात मजदुरहरुको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरुको मञ्जुरी रहेको ।
-सबै यातायात व्यवसायीहरुले सामाजिक सुरक्षा कोषऐन २०७४ कार्यान्वयन गर्न समहती ।
-नेपाल सरकार, नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड यूनियन बिच भएको संयूक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।
-कोभिड –१९ को भ्याक्सीन यातायात मजदुरहरुलाई लगाउन प्राथमिकतामा राख्ने ।
-यातायातका क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न तपशिल बमोजिमको समिती गठन गर्ने र समितीले १ दिन भित्र सुझाब सहित प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।