राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दाङमा आज विहान देखि सार्वजनिक यातायात ठप्प

तुलसीपुर १७ चैत । दाङमा यातायात मजदुर संगठनहरुले गरेको अनिश्चितकालिन बन्दका कारण सार्वजनिक यातायात ठप्प भएका छन् । उनिहरुले आफ्ना विभिन्न बुदे माग राख्दै मजदुर संगठनहरुले आज मंगलवार देखि सार्वजनिक सवारी साधन ठप्प पारेका हुन् । उनिहरुले यातायात मजदुर तथा बुकिङका कर्मचारीले सहज रुपमा तलब भत्ता पाउँनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष लागु गर्नु पर्ने, नेपाल यातायात राष्ट्रिय महासंघ र तीन वटै ट्रेड युनियनबिच भएको संयुक्त बैठकको निर्णय कार्यान्वयन गर्नु पर्ने र नेपाल सरकारले ल्याएको कोभिड १९ को खोप प्राथमिकताका आधारमा यातायात मजदुर संगठन र बुकिङका कर्मचारीले पाउँनुपर्ने लगाएत माग राखेका छन् ।

त्यसैगरी संगठनले आज पहिलो दिन जिल्लाका लामो तथा छोटो दुरीका सार्वजनिक बस,ट्याक्सी,अटो संचालनमा रोक लगाएको छ । यातायात मजदुर संगठनका हकहित पक्षमा कानुन बनेपनि कार्यान्वयन नभएको मजदुर संगठनका अध्यक्ष केशव बहादुर भण्डारीले बताउनुभएको छ । त्यसैगरी आफ्ना मागहरुलाई संवोधन नगरेमा थप शसक्त रुपमा वन्द गर्न बाध्य हुँने संगठनका अध्यक्ष भण्डारीले चेतावनी दिनुभएको छ । यतिवेला जिल्लाका टिकट काउन्टरहरु वन्द रहेका छन् भने जिल्ला बाहिरिने सार्वजनिक यातायात पुर्णरुपमा ठप्प रहेको छ ।