तुलसीपुर १५ चैत । दाङका यातायात मजदुर संगठनहरुले विभिन्न माग राख्दै आउदो मंगलबार देखि बन्दको घोषणा गरेका छन् । आज आईतवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ,नेपाल यातायात मजदुर संघ ईकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ दाङले संयुक्तरुपमा पत्रकार सम्मेलको आयोजना गरी अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् । कोभिड १९ को महामारीले निकै समस्या भोगेका यातायात मजदुरहरु पछिल्नो समय यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाको कारणले झनै आफुहरु समस्यामा परेको संगठनका जिल्ला अध्यक्ष केशब बहादुर भण्डारीले बताउनुभएको छ ।
त्यसैगरी यो भन्दा अगाडि पनि आफ्नो माग पुरा गर्नलाई सम्बन्धित प्रालिका पदाधिकारी संग पटक पटक छलफल तथा वार्ता गरेको भएपनि संम्बन्धित प्रालिले आफ्ना माग प्रति बेवास्ता गरेको कारण आन्दोलन गर्ने कार्यक्रम तय भएको बताउनुभएको छ । तिन वटा संगठनहरुले पहिले जिल्लाका सार्वजनिक यातायात बन्द गर्ने र माग पुरा नभए सम्पुर्ण यातायात सेवा ठप्प पार्ने चेतावनि दिएका छन् ।