राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

१४ वर्षीया किशोरीले जन्माईन बाबुको छोरा

काठमाण्डौं १५ चैत । गुल्मीमा आफ्नै बाबुबाट बलात्कृत किशोरीले छोरा जन्माएकी छन् । बाग्लुङको निसीखोला गाउँपालिका–६ निवासी विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्दै आएको तथ्य खुलेको हो ।

पीडित बालिकाकै आमाले दिएको जाहेरी अनुसार प्रहरीले बलात्कारमा संलग्न बाबुलाई शुक्रबार नै नियन्त्रणमा लिएको छ । आइतबार स्थानीय अस्पतालमा छोरा जन्माएकी उनको शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।