राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण हुँदै

काठमाडौं १५ चैत । काठमाण्डौ उपत्यकामा आज देखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण गरिदै छ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन लागिएको हो ।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । बाँकी क्षेत्रमा भने पुरानै पानी ट्यांकीमार्फत पानी वितरण हुनेछ ।अहिले पानी ट्यांकीहरु भर्ने काम भइरहेको छ । पुरानो प्रणालीमा ४ करोड लिटर मात्रै पानी थपिने भएकाले सबैजसो क्षेत्रमा समानुपातिक रुपमा नै पानी वितरण हुने राईले बताउनुभएको छ ।