काठमाडौं १३ चैत । काठमाण्डौमा वायु प्रदूषण एक्कासी ह्वातै बढेपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिनुभएको छ । उनका अनुसार आइएफआर र भीएफआर उडान हुन नसकेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण कार्य बन्द गरिएको बताउनुभएको छ ।
