राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दाङको कोइलाबास नाकामा उच्च शतर्क सहित हेल्पडेस्क स्थापना

तुलसीपुर १३ चैत । दाङमा कोभिड १९ को संक्रमणले महामारी रुप लिनसक्ने भन्दै कोइलाबास नाकामा आज शुक्रबारदेखि हेल्पडेस्क स्थापना गरिएको छ। भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको अभिलेख राख्ने तथा स्वास्थ्य चेकजाँच गर्ने काम हुने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकरी दिनुभएको छ । भारतबाट कोइलाबास नाका भएर जिल्ला प्रवेश गर्ने सबैको स्वास्थ्य चेकजाँच गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभएको छ ।

त्यसैगरी जिल्लाका प्रमुख सहर बजारमा पहिले चेतना जगाउनका लागि माइकिङ गर्ने तथा घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउने,स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गर्ने लगाएतका सावधानी गराईने जानकारी दिनुभएको छ । जिल्लामा स्थानीय प्रशासनले बिहीबारदेखि नै सभा, सम्मेलनमा रोक लगाइसकेको छ।