राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नेपाल समुहको सार्वजनिकरुपमा स्पष्टीकरण दिने तयारी

काठमाडौँ १२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माधवकुमार नेपाल समुहले स्पष्टीकरण बुझाउने भएको छ । नेकपा ९एमाले० का ४ नेताले अध्यक्ष केपी शर्मा ओली पक्षले मागेको स्पष्टीकरणको जवाफ राजनीतिक विषयवस्तु बनाई सार्वजनिक रूपमा दिने भएका हुन। पार्टीभित्रको अन्तर–सङ्घर्ष राजनीतिक विषय भएकाले त्यसै अनुसार जवाफ दिने र सँगसँगै अध्यक्ष ओलीलाई प्रश्न पनि गर्ने तयारी गरेका छन् ।

पार्टी फुटाएर चुनावमा जाने तपाईँको दुस्साहस प्रतिक्रियावादी हरूलाई चुनाव जिताउने षड्यन्त्र किन गर्दै हुनुहुन्छ ? जस्ता विषय वस्तुलाई समेटेर जवाफ दिने तयारी भइरहेको एक नेताले बताएका छन्। ‘स्पष्टीकरण भनेको राजनीतिक विषय भएकाले त्यसै अनुसारको जवाफ दिने कुरा छ जसरी स्पष्टीकरण मागिएको विषय सार्वजनिक भयो त्यसरी नै जवाफ सार्वजनिक हुनेछ’, नेपाल निकट एक सदस्यले बताएका छन्।