राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

भारतले कोरोना खोप निर्यातमा लगायो रोक

काठमाडौं १२ चैत, । भारतले कोरोना भाइरस कोभिड(१९ विरुद्धको खोप निर्यातमा रोक लगाएको छ । पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो । बीबीसीका अनुसार अक्सफर्ड(आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ । नेपालमा पनि खोप अभियान प्रभावित हुनसक्ने बताइएको छ । भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड(आस्ट्राजेनेकाकै खोप परेको छ।