तुलसीपुर ११ चैत ।
दाङमा ट्रकले ठक्कर दिदा एकजना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासी अन्दाजी वर्ष २८ का कलौ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकरी दिएको छ ।
करिव ८ बजेको समयमा घोराही गोग्ली बाट घोराही तर्फ जाँदै गरेका साइकल यात्री चौधरीलाई गोग्ली सिमेन्ट कम्पनीबाट सिमेन्ट लगेर घोराही तर्फ जाँदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिदा चौधरीको टनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।